सिद्धिपुर

विकिपिडिया नं
Jump to navigation Jump to search

सिद्धिपुर (थसी)

भौगोलिक बनौटको आधारमा नेपाललाई पाँच विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्लामा छुट्याइएको छ । मध्येपश्चिमाञ्चल विकास क्षेत्र काठमाण्डौं उपत्यकाका ३ वटा जिल्ला मध्ये ललितपुर पनि एउटा हो । ललितपुर जिल्लाको ४१ गा.वि.स. मध्ये चक्रपथबाट करिब ३.२ कि.मी. पूर्व र काठमाण्डौं बाट करिब ७ कि.मी. टाढाको पुरानो बस्ति अर्थात उपत्यका भित्र कम मात्रामा बिथोलिएको वरिपरि गाउँ नै गाउँले घेरिएको विचमा शान्त रस्वच्छ वातावरणमा अवस्थित गुच्चमुच्च परेको यो गाउँ थुप्रै रंगहरु समेट्दै  पुरानो र नयाँ इटाको रातो सेतोपना अनि गगनलाई छुन खोज्ने ति नयाँ नयाँ पिलरका खम्बाहरु दुर्लभ हुदै गइरहेका ति हुक्का साथै खैरो र सेतो छ्याङ्ग अनि लाः छ कुः वः छकुः समयः बजीको प्राचिन ऐतिहासिक गाउँ धर्म, भाषा, भेषभुषा, संस्कृति, चाडपर्व र रितीरिवाजको धनी गाउँ हो थसी । यस गा.वि.स.को पूर्वमा लुभु, पश्चिममा ईमाडोल, उत्तरमा टिकाथली र दक्षिणमा हरिसिद्धि, ठैव, गोदामचौर गा.वि.स.रहेको छ भने समुद्र सतहबाट लगभग १३७२ मी. उचाइमा अवस्थित छ भने कुल क्षेत्रफल ४७८६ रोपनी     रहेको छ । यो थसी जसलाई ९ वटा वडामा विभाजन गरिएको छ भने आर्थिक वर्ष २०६३ को सिद्धिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तथ्याकं अनुसार यस गा.वि.स.को जन संख्या ६०६४ जना छन् । जसमा पुरुष ३०९९ जना र महिला २९६५ जना छन् भने जसमा घर संख्या १०३५ र परिवार संख्या १३०८ छन् । यस गा.वि.स.लाई विशेषगरी सुकुलले चिनाएको छ । पुर्खा देखि शुरु भएको काम हालसम्म पनि कायम नै छ । यस गा.वि.स.लाई समय समयमा विभिन्न नामले चिनिदै आइरहेको छ । जस्तैः– थसी, सानागाउँ र सिद्धिपुर ।

थसी:– प्राचिन समयमा थसीमा (सल्लाको रुख) को जंगलमा बस्ती बसालेको हुनाले सोही रुखको नामबाट थसी हुन गएको मानिन्छ । लिच्छवी र मल्लवीकालीन समयमा ठूल ठूला बस्तिहरु बनाएको ठाउँमा देशको रक्षा सुरक्षा गर्नको लागि “गढ” (गण) बनाइएको हुन्थे गढ बनाउने बेला सम्भबत अगाडि रुखहरु रोपेर हेदैमा डरलाग्दो जगंल बनाइन्थ्यो जस भित्र धेरै गहिरो खाडल खनेर डरलाग्दा र हिस्रंक जनावरहरु पालने गरिन्थ्यो संग संगै गहिरो पोखरी र पर्खाल बनाइन्थ्यो । यसरी ३,४ तह भित्र मात्र शहर बनेका हुन्थे भने शहरमा पस्न ठाउँ ठाउँमा धेरै नै बलिया ढोकाहरु बनाइराखेका हुन्थे, जुन ढोका थुनिए पछि शहर भित्र पस्न प्रायः असम्भव नै हुन्थे । तर कहिलेकाहिँ एक दमै बलिया पहलमान शत्रुहरु आएको गुप्त समाचार थाहा पाउनासाथ भाग्नको निम्ती शहर भित्र पस्नु भन्दा पहिले शहर संगै घना जङ्गल बनाइएको हुदोरहेछ, यस्तो ठाउँलाई गढ दुर्ग (गण) भनिन्थ्यो । जुन ठाउँमा ‘गढ’ दुर्ग वा ‘गण’ बनेको हुन्छ सोही ठाउँको नाम विशेष प्रचलित हुन्थ्यो । यहाँ सल्लाको रुखको (नेवारीमा “थसिमाको ) जङ्गलमा ‘गढ’वा दुर्ग र (गण) बनाइराखेका कारण यस ठाउँको नाम रहन गएको हो भनि किबदन्ती (किवदन्ती— तलेजु भवानीको इतिहास पेज नं. ६६—८१ ज्यापु समाज यलबाट प्रकाशन गरेको ने. स. ११२३ मा निकालेको विपिन कपालीया च्वसु) मा उल्लेख गरीएको पाइन्छ ।

किराँत कालको समयमा पाटन शहरमा मोटा घाटा डम्म परेका देख्दैमा डर लाग्दा भोटेहरु छ्यास छ्यास्ती आएर अस्तब्यस्त हुने गरी बसोबास गरी हमला गरेर बाल बच्चाहरुलाई मात्र छाडि अरु सबैलाई हातखुट्टा भाँची अनेकौं घाउ पारी विभिन्न यातना र कष्टहरु दिई मार्न थाले । भोटेहरुको यस्तो नराम्रो ब्यवहार र दुःखदायी घटनाले गर्दा सहन नसकी अब यहाँ बसेर भएन भनेर पाटनबाट सल्लै, सल्लाको रुख (थसीमा या थसीमा दु थाय) को जङ्गलमा आएर विस्थापित भए । कसै कसैले त भनेका थिए तिमीहरु त्यस्तो डर लाग्दो, हिस्रंक जनावरहरु भएको जङ्गलमा बस्न नजाउ भनेर तर विस्थापित हुनेहरुले कुरा नमानी यस्ता “भोटेहरुको हात बाट मर्नु भन्दा त बरु जङ्गलमा गएर मर्नु बेश ठानेर थसीमाको जङ्गलमा आएर बसे, र विस्तारै जंगलफडानी गरेर खेती गरेर यहि बस्न थाले । त्यही समय देखी यस देशको नाउँ थसी रहन गएको मानिन्छ । त्यसैले यो देश (गाउँ) का पुर्खाहरु भनेर पाटन बासीलाई चिनिने गरिन्छ । पाटनको लुखुँसी र दुपातका मानिसहरु पहिला यहाँ बसोबास गर्न आएका हुन भन्ने बुढापाकाहरुको भनाई रहेको छ । थसीका मूख्य बासिन्दाहरु घःवा खलक, यलमु खलक, धगु खलक र नेम्कुल खलक भन्ने गरिन्छ । प्रमाण घःवा खलकका पुर्वजहरु पाटन वासी नै हुन् । उनीहरुको कुल देवता पनि हालको शंखमुलको सिक वहीलमा अवस्थित छ । त्यस्तै गरी यलमू, धंगु खलकहरु का पुर्खाहरु पनि पाटन निवासी नै हुन किनभने लुखुँसी र दुपात बासीहरुले मनाउँदै आइरहेको धं गुठी र यलमु गुठीमा यहाँका बासिन्दाहरु प्रत्यक्ष रुपमा हालसम्म पनि सहभागिता जनाउँदै आउनु पनि एक प्रमाण हो भने नेम्कुल खलकका पुर्खाहरु पनि पाटनका नै हुन । नेम्कुलको कुल घर हालसम्म पनि लुखुँसीमा छ र कुल देवताको पूजा गर्न त्यही घरमा हालसम्म पनि जाने गरेका छन् । बाँकी  खलकहरु अरु अरु ठाउँहरु बाट आएको मानिन्छ जस्तो सुनाकोठी, हरिसिद्धि, भादगाउँ, धापाखेल आदि ।

लिखित रुपमा भेटाउन नसके पनि बुढापाकाहरुको भनाई अनुसार यस थसीको बस्ति (पुरानो बस्ती) भनेर हालको “पँ फुटि” फाँट लाई भनिने गरिन्छ । जसलाई बैजु, र्बद्य ख्य(जहाँ नाम चलेको बैद्यको घर थियो) र सिंपुर देश भनेर चिनिने गरिन्थ्यो । उहाँहरुको भनाई अनुसार हाल सम्म पनि त्यहाँ खनेर हे¥यो भने पुराना घरका गारोहरु माटाका टुटेफुटेका भाँडाहरु, इनारका खाल्डाहरु र जगमा राखिएका ढुङ्गाहरु भेटाउन सकिन्छ । (भट्टाहरु हाल्दा थुप्रै ढुङ्गाहरु निस्केका कुरा सबैलाई थाहा नै छ ।) पँ फुटि फाँटमा बसोबास गरिरहेको बेला एक समयमा २ वटा ठूला ठूला दैवी प्रकोपहरु भएका थिए रे ।

अजिद्यो आएर अजिमाको महामारी फैलिएर यस गाउँका सबै बाल बच्चाहरुको मृत्यु भयो, हाहाकार मच्चीयो । जुन दुःखदपूर्ण घटनालाई बिर्सदै जाने क्रममा फेरी अर्को प्रलयको शुरु भयो ।

पूर्वाभिमुख (पूर्वतिर फर्केर बसेको) हुनाले जहिलेपनि पूर्वपट्टी असिना नै असिनाको वर्षाले सम्पूर्ण बालीनाली नष्ट हुने गर्दथ्यो । जहिले पनि यसरी असिनाको वर्षाले ठूलो धनजनको क्षती भयो र खानाको लागि हाहाकार मच्चीयो, भोकमरी बढ्न थाल्यो । असिनाको वर्षा यहि प्वँ द्योले गर्दा यस्तो प्रकोप भएको हो भनी ठानी सम्पूर्ण रिसले चुर भयो र सबैजना मिलि प्वँ द्योलाई खोलामा फाल्न लगियो । मान्छेहरु त्यहाँ नबसी बाध्यताले छोडेर हालको ठाउँमा आएर बसोबास गर्न आएको हो भन्ने मान्यता रहि आएको छ । प्रमाणको रुपमा चोभारको आदिनाथलाई लिन सकिन्छ । बुढापाकाहरुको भनाई अनुसार चोभारको चौरमा गाई चराउँदै गरेको “नन्द ग्वा”ले चोभारको नख्खु दोभानमा बच्चा बगाउँर्द गरेको दृश्य देखे र हत्तनपत्त बच्चालाई बचाउन खोलामा गए तर बच्चाले मलाई नछोउ  मलाई नछोउ कराउन थाल्यो र नन्द ग्वालाई श्री आदीनाथको रुप दर्शन दिनुभयो । सोही समयमा नन्द ग्वाले श्री आदिनाथलाई विन्ति चढाए । प्रभु हाम्रो गाउँकोे बसुन्धराको मन्दिर विगत केहि समयदेखि खाली भइरहेको हुँदा सो ठाउँमा प्रभु आई विराजमान भइदिनुपयो । आदिनाथले हुन्छ भन्नुभयो, नन्द ग्वा खुसीले बाजागाजा सहित प्रभुलाई लिन आउँछु भनी गाउँ पसे । नन्द ग्वाले गाउँका सम्पूर्ण बासिन्दाहरुलाई खबर गरे यसरी सबै जनालाई खबर गर्दागर्दै आउन ढिला भयो । उता श्री आदिनाथ आफूलाई कहिले लिन आउँछ भनी माथी गाउँतिर हेरिरहनुभयो । त्यहि भएर हाल सम्म पनि आदिनाथको आँखा अलि माथि हेरिरहेको जस्तो देखिन्छ । नन्द ग्वा विभिन्न बाजागाजासहित पहिलाकै ठाउँमा आइपुगे तर पहिलाको ठाउँमा श्री आदिनाथ थिएनन् । यता उता सबैले आँखा लगाए तर कहिँ भेटिएन। नन्द ग्वा र पुरोहित बीच गन्थन भयो र नन्द ग्वाले मैले यहिँ देखेको भन्न थाले । सोहि ठाउँमा सिर्फ पुरोहित र नन्द ग्वालाई मात्र दर्शन दिए । जुठो हुने भएकोले सम्पूर्ण गाउँबासीहरुलाई दर्शन दिनुभएन । पूरोहितले देख्नासाथ खोलामा कलश थाप्नुभयो र आदिनाथ त्यस कलशभित्र विराजमान हुनुभयो । कलश थाप्दा पानी बगेको पट्टि कलशको पछाडीको भाग पारी कलश थापिन्छ र हालसम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफस्वाँ खन्याउने गरिन्छ र देवता भएको दाफास्वाँ फनफनी घुमेर पछाडी बाट अगाडि आई कलश भित्र बस्छ र मेला लागेको मानिन्छ भने देवता नभएको दाफस्वाँ खोलामा बगेर जाने गरिन्छ जुन चैत दशैमा मेलाको बेला हेर्न सकिन्छ ।श्री आदिनाथ स्वयम प्रकट भई भन्नुभयो म सिंपुरका देवता हुँ मलाई पहिलादेखि नै त्यहाँका नेकु खलक (नेम्कुल) द्धारा नित्य पूजा गरि आइरहेका थिए । यहाँका बासिन्दाहरुले गर्ने नित्यकर्म जुठो हुने भएकोले मलाई नित्य कर्म गर्न अबका दिनहरुमा पनि नेकु खलकद्धारा गरियोस् भनी भन्नुभयो । गाउँ बासीहरु यस कुरामा सहमत भइसकेपछि विभिन्न बाजागाजासहित सिन्दुर जात्रा गरि चोभारमा खाली रहेको श्री बसुन्धरा माजुको मन्दिरमा श्री आदिनाथलाई स्थापना गरियो ।     प्रमाणको रुपमा थसी (सिद्धिपुर) का बासीन्दाहरु मध्ये नेम्कुल खलकहरु चैत्र दशैंको दिन नित्य पूजा गर्न जाँदा हालसम्म पनि थसी देखि विना जुक्ता, नाङ्गो खुट्टामा, सेतो बस्त्रहरु लगाएर कपाल मुन्डन गरी सिद्धिपुर देखि चोभारसम्म हिडेर पूजा गर्न जाने चलन हालसम्म पनि यथावत छ । यस बाट यो स्पष्ट हुन आउँछ कि प्वँ द्यो नै हालको श्री आदीनाथ हो र सिद्धिपुरका नै देवता हुन ।

थसीको निर्माण सम्बन्धमा अधिकारिक प्रमाणहरु फेला परेको छैन तर पुरातत्व विभागको च.ल.न. ५४९/ने आ १४६ मा देवमाला वंशावली (ने.स.१०७६ मा प्रकाशित) पृष्ठ १२५मा थसीको बारेमा यस्तो लेखिएको पाईन्छ। “नेपाल सम्बत ६६२ श्री रत्न मल्लको पालामा कुकुँ भन्ने देवानहरुको रखवालको लागि ५०० घरको सहर बनाई दिएका हुन् ।” तर ने.स. ६६३ वि.स.१६०० मा कुकँु जातका भोटेहरु नेपालमा भित्रिएको कुरा गतल मानिएको छ । (नेपालको मल्लकालीन इतिहास कान्तिपुरको इतिहास रत्न मल्ल पृष्ठ–४१ वि.स. २०४१ आविन ३ गते प्रकाशित लेखक पेशल दहाल र प्रकाशिका कमला दहाल) मा रत्न मल्लले ती जातका भोटेहरुलाई थसीमा ५०० घर दिएको होइन भनी उल्लेख गरिएको छ । उता नेपालको ऐतिहासिक रुपरेखा बाल चन्द्र शर्मा, २००८ पौष को वंशावलीमा उल्लेखित मिति संग रत्न मल्लको राज्यकाल पनि मिल्दैन । राजा ने.स. ६४० (वि.स. १५७७) भाद्र तिर स्वर्गे भएको उल्लेख छ भने ने.स. ६६३ (वि.स. १५९९–१६००) तिर कसरी भोटेलाई थसीमा बस्न घर बनाई दिए त्यो कुरा स्पष्ट हुन सकेको छैन ।

बलम्बुको भेल्बु भन्ने ठाउँमा फेला परेको शिलालेख जिष्णु गुप्त र धु्रवदेवको बलम्बु, भेल्बुको अभिलेख (लिच्छवि संस्कृत, पृष्ठ ३८ लेखक जगदिश चन्द्र रेग्मी, प्रकाशक रत्न पुस्तक भण्डार)मा थंसम्प्रिन्देव क्षेत्राल........, भनेर उल्लेख गरिएको छ । उक्त थंसम्प्रिन्देवक्षेत्राल......... को अर्थ हालको थसी नै हो भन्ने कुरामा सत्यता देखाएको छ । जसरी काठमाण्डौ, चम्बुक्रमा, भक्तपुर खृपुुम, माखोपृङ र पाटन–युपग्राम, ललितब्रुमा र हालको ठेचोलाई थेञ्चो भनिए झै थसम्प्रिन्देव पनि हालको थसी नै हो भन्ने अनुमान लगाउन सकिन्छ ।

(थंसम्प्रिन्देवक्षेत्राल........) को अर्थ थसीमा रहेका देवतासंग सम्बन्धीत जग्गाको बारेमा बलम्बु बासिले थसी बासीलाई चार किल्ला छुत्याएर जग्गा राखिदिएको उल्लेख छ तर कुन चाहिँ देवता हो नाम थाहा पाउन सकेको छैन । यहाँका नेम्कुल जातिको भनाई अनुसार न्हँु घल (जैसिदेवलं अवस्थित कुमार र चोभारमा अवस्थित आनन्द्राडिलोकेश्वर को पूजा आजा गर्न बलम्बुमा जग्गा प्रदान गरिएको मानिन्छ । त्यही कारणले कुमार जात्रा र आनन्दाडिलोकेश्वरको जात्रा (कुमार षष्ठी र चैत्र दशै) को दिन थसीका नेम्कुलहरु त्यहाँ गएर देवताहरुको रेखदेख गर्ने रंगरोगन गर्ने र पछि बलम्बुका बासिन्दाहरुले विशेष पूजा गर्न आउने चलन हाल सम्म पनि छ । त्यसैले थंसम्प्रिन..... नै हालको थसी हो भन्न सकिन्छ ।

त्यस्तै थसीको देवननीको गणेशको मन्दिरमा राखिएको राजा योग नरेन्द्र मल्लको अप्रकाशित अभिलेखमा थसी पाटनमा नै पर्छ भनि उल्लेख गरिएको पाइन्छ । यसरी लेखिएको छ – “संवत ८१९ चैत्रमासे शुक्ल पक्ष अस्तम्या तिथि पुनबशुनक्षेत्र शुभजोगे जथाकरणमुहुत्तरे अंगारवास श्री सुवर्णचक्र सिंह तया ।”                                           

फेरी गोपाल राज वंशावलीको ५१ ख पेजमा थसी र बलम्बु गाउँ पाटनमा नै पर्दट भनि उल्लेख गरिएको छ । जुन– “४६७ आश्विन शुद्धि–३ श्री देवलदेविस व अनखराम महाथस वो जगस्यं मनिगलाया राज काया मुन्हिया, कितपुरि, बलम्बु, चेटकवाठ थसम्प्रिन, ख्वयंप ।।” लेखिएको छ  । जस अनुसार थसीको अस्तित्व स ४६७ मा नै भइसकेको थाहा हुन आउँछ ।

सानागाउँ:– यो गाउँ वरिपरि रहेको छिमेकि गाउँभन्दा सानो र बस्ती     धेरैपातलो भएको हुनाले सुरुमा सानोेगाउँ र पछि हुँदै गएपछि सानोगाउँ हुन गएको मानिन्छ । सानोगाउँ भनेर २०२१ सालभन्दा पहिले देखि नै नामाकरण गरिएको देखिन्छ । किनकि २०२१ सालमा नापी हुदाँ नक्सामा सानोगाउँ लेखिएको छ ।

सिद्धिपुर:– यस थसी गाउँको मध्यभागमा अवस्थित देवननी टोलमा रहेको सिद्धेश्वर महादेवको नामबाट यस गाउँको नाम “सिद्धिपुर” रहन गएको भन्ने बुझिन्छ । यद्यपी “सिद्धिपुर” भनेर वि.स. २०२१ साल भन्दा पहिला नै नामाकरण गरिएको भएता पनि चलन चल्तीमा सानोगाउँ नै उल्लेख गरिने चलन छ । तर पनि २०२१ सालको नक्सामा सानोगाउँ उल्लेख गरिएको पाइन्छ । हालको थसीमा बसोबास गरिसकेपछि मन्दिर बनाउका निम्ती जङ्गल फडानी गरेर जोत्दा ५ फिट लम्बाईको कालो स्तम्भको रुपमा फेला प¥यो । जुन स्वयम सिद्ध भएकोले यस स्तम्भलाई सिद्धेश्वर महादेव भनेर नामाकरण गरिएको मानिन्छ । त्यसैले सिद्धेश्वरको स्थानमा हाल सम्म पनि थसीमाको ठुट्टालाई पूजा गरिदै आइरहेका छन् । यस्तै यस गा.वि.स.को अटख्वा भन्ने ठाउँमा खेत खन्दा खन्दै एउटा पिठको उत्पत्ति भएको हो । जुन २०२२/२३ सालतिर यसै गा.वि.स.को वडा नं. १ मा बस्ने शीक्षँ काजीले आफ्नो खेत अग्लो भई सिँचाई गर्न गाह्रो भएकोले ज्यामी लगाएर माटो बोकाएको थियो । त्यस्र्त एक रात सपनामा सो पिठको दर्शन गराए । र विश्वास नलागेकोले थुप्रै ज्यातिषहरुकहाँ गएर माटो देखाउन लगे । सबै ठाउँबाट त्यहाँ पिठ छ भनेर पठाइदियो । त्यसपछि सबै माटो हटाई पीठको उत्खनन गरेर विधिपूर्वक पूजा गरी बोका बली दिई दई दिनसम्म जाग्राम बसेको कुरा उहाँ बताउनुहुन्छ । त्यस समयमा धेरै राम्रा राम्रा मुर्तीहरु रहेको कुरा पनि बताउनुभएको थियो । जुन मुर्तीहरुको ठीक समयमा उचित संरक्षण गर्न नसकेकोले हाल सबै मुर्तीहरु चोरी भइसकेको छ जुन हालसम्म पनि वेवारिस अवस्थामा छन् भने सो को जीर्णद्वारको पर्खाइमा बसीरहेको छ । सो क्षेत्रमा हाल सम्म पनि कुनै निकायले चासो देखाएको छैन ।

यस सिद्धिपुर गा.वि.सको कुल जनसंख्या मध्ये ९९.८२% नेवार जाती बसोवास गर्छन । जस मध्ये ज्यापु महर्जनहरु ८०.४२% छ भने नेम्कुल, श्रेष्ठ, अमात्य, शाक्य, दर्शनधारी, नापित र खड्गीहरु छन् । गैर नेवारतिर क्रमशः खड्का, विश्वकर्मा जातिका मानिस पनि बसोवास गर्दै आइरहेका छन् । यहाँका बासिन्दाहरु आफ्नै मातृभाष नेपाल भाषा बोल्ने गर्छन । यहाँ बोल्ने नेपाल भाषा काठमाण्डौं, पाटन संग मिल्दो जुल्दो छ तर भक्तपुर र ठिमि संग अलि मिल्दैन । यहाँका बासिन्दाहरु बौद्ध, हिन्दु, क्रिश्चियन, धन निराकार धर्म मान्ने गर्दछन् । यस गा.वि.समा गणेश, भैरव, बालकुमारी, सिद्धेश्वर महादेव, भिमसेन, बंगलामुखीको ठूलो मन्दिर हुनुको साथै पिठ, कुल देवता, विहार, बसुन्धरा, रातो मच्छिन्द्र नाथ, धर्म धातु र चैत्यहरु अनि एउटा ठूलो प्राचिन स्तुपाले यस गाउँलाई शोभायमान तुल्याएको छ । यहाँका बासिन्दाहरुले काडमाण्डौं उपत्यकामा मनाइने सम्पूर्ण चाडहरु मनाउँदै आइरहेका छन् । तर स्थानीय जात्राको रुपमा चैत्रको अन्तिम दिन शुरु भई नया वर्षको ४ गते मुख्य जात्रा बालकुमारी जात्रा मनाइन्छ । वरपरको गाउँ भन्दा भिन्नै देखिए पनि यहाँको सार्वजनिक मठ मन्दिरहरु, चैत्यहरु, धर्मधातुहरु, बहालहरु सत्तल पाटीहरु र पोखरीहरुले यहाँका प्राचिन इतिहास र संस्कारलाई पहिचान      गराएको देखिन्छ । यस गा.वि.स मा सातवटा पोखरीहरु छन् १ न्हुः पुखु, २. खाः पुखु(हाल पुरीसकेको छ जुन गा.वि.स. को अगाडी थियो), ३. राजामति, ससमाजु, धंसली पुखु (हाल पुरेर पानी ट्याङ्की बनाइएको छ जुन रामढोकामा थियो), ४. भिमसेन पुखु, ५. फोङ्गा पुखु(जसलाई हाल सिद्धिपुर शान्ति तथा विकास केन्द्रले जिर्णोद्धार गरेर पोखरीको बीचमा दिपंकर बुद्धको प्रतिमा स्थापना गरिने तयारीमा छ), ६. गणेश पुखु(जुन यंगलमा अवस्थित थियो र हाल त्यसलाई पनि पुरेर क्लब निर्माण गरिएको छ ।), ७. सःती पुखु, जसलाई २०६२ सालमा सत्य युवा क्लबले जिर्णोद्धार गरेर पोखरीको बीचमा महादेवको प्रतिमा स्थापना गरिएको छ) । यसै गरि यहाँ बौद्ध विहार २ वटा, १. सिद्धि मंगल विहार, २. गणेश चैत्यहरु स्तुपा–२ वटा (तधननी र पिननीमा) सार्वजनिक भवन गुठीहरु–६ कोत घर १, भिमसेन– धर्मधातुहरु–महादेवहरु–सरस्वतीमाता–पीठ २ वटा ।

सिद्धिपुर
अञ्चल
 - जिल्ला
सगरमाथा
 - उदयपुर
लागा
ई लागा NST (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
३२४४
 - 

सिद्धिपुर (अंग्रेजी:Sidhdipur), नेपा:यागु सगरमाथा अञ्चलयागु उदयपुर जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे ६०३ खा छेँ दु।

जनसंख्या[सम्पादन]

नेपायागु दं २००१ यागु जनगणना कथं सिद्धिपुर यागु जनसंख्या ३२४४ खः।[१] थुकिली मिजंत ५०%, व मिसात ५०% दु।


लिधंसा[सम्पादन]

  1. नेपा: जनगणना २००१. फेब्रुवरी २३, ई सं २००७ कथं।



सगरमाथा अञ्चलया थाय् सगरमाथा अञ्चल

अंधेरी (नारायणस्थान)| अयोद्धानगर| अर्खौले| अर्नमरामपुर| अर्नहा (सप्तरी)| अर्नामलालपुर| अशोकपुर बल्कावा| असनपुर| आप्तर| आर.महेश्वरी| उबू| ऐंसेलुखर्क| ओखलढुङ्गा गा बि स| ओखले| ओड्रहा| औराही (सप्तरी)| औराही (सिराहा)| गर्मा| ठुलाछाप| तकसिन्दु| तम्लिडा| तराही| तलुवा| तवश्री| तापेश्वरी| ताप्तिङ| तार्केरबरी| तिकुलिया| तिङला| तिलथी| तुल्सीपुर| तेनुवापट्टी| तेम्मा| तेरहोता| त्रिकोला| त्रियुगा नगरपालिका| त्रिवेणी| थलह कतहा| थाक्ले| थानागाउं| थेलिया| थोक्सिला| थोक्सेल| नरहा बल्कवा| नर्धो| नर्मेदेश्वर| नवराजपुर| नहर रिगौल| नामेटार| नाम्चे| निर्मलीडांडा| नुनथला| नेगदा| नेचा बतासे| नेचा बेदघारी| नेर्पा| नेले| पंचन| पकरी| पचचवती| पटेर्वा| पत्थरगदा| पथेका| पदरिया थारुटोल| पलापु| पल्टे| पाटो| पान्सेरा| पिप्रा प्र.ध| पिप्रा(पश्चिम)| पिप्रा(पुर्व)| पिप्रा प्र.पि| पोकली| पोखरी| पोखरे| पोखर्भिन्दा| पोर्तहा| पौवासेरा| प्रसाबानी| प्राप्चा| फेदी| बकचोल| बकधौवा| बक्सा| बक्सिला| बडका दियाले| बडाहरे| बतासे| बथनहा| बद्गमा| बधरमल| बनरझुला| बनैनिया| बनौलाअ| बनौली| बमङमकट्टि| बम्रङ| बरछवा| बराहपोखरी| बरियारपट्टी| बरै| बर्नालु| बर्साईं| बलखु| बलम्ता| बशाहा| बसा| बसाबोटे| बस्तिपुर| बस्बलपुर| बस्बिटी| बाकु| बारम्झिया| बासपानी| बाहुनीडांडा| बेतौना| बेनी| बेलटार| बेलहा| बेल्हिचपेना| बेल्ही| बेल्ही (सिराहा)| बैरवा| भंगाहा| भकन्जे| भगनपुर| भगवतीपुर| भदैया| भदौरे| भलयडांडा| भवनपुर कालवंजर| भवानीपुर| भागवतपुर| भारदह| मंगलटार| मझौरा| मझौलिया| मत्तिम बिर्ता| मनराजा| मम्खा| मलेकपुर| मलेठ| मल्हनियाखोरी| मल्हानामा| मल्हानिया| मल्हानिया गाम्हरिया| महानाउर| महेशपुर पटरी| महेशपुर गाम्हरिया| मानेभञ्ज्याङ| मुकाली| मुक्सर| मुलखर्क| मेदिया| मैनाकाडेरी| मैनामियानी| मैनासहस्रबहु| मोली| मोहनपुर कमलपुर| मौवाबोटे| मौवाहा| मौवाही| यम्खा| ययांखु| यसाम| रखा दिप्सुङ| रखा बांग्देल| रगानी| रतनचा माझगाउं| रवाडोलु| रागादीप| राजपुर| राजबिराज नगरपालिका| रात्माटा| राधोपुर| रानीबन| रामनगर| रामनगर मिरचैया| रामपुर बिर्ता| रामपुरजमुवा| रामपुरमल्हानिया| रायपुर| राहापानी| रिब्दुङजलेश्वर| रिस्कु| रुपनगर| रुपाटार| रुम्जाटार| रौतहट1| रौता| लोखिम| लोहजरा| वरुनेश्वर| विद्यानगर| वोपुङ| वोप्लुखा| शोरुङ छबीसे| श्रीचौर| स.छिटापोखरी| शंकर पुरा|